इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले ल्यायो नयाँ अफर

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : ५१


काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले जाडोलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ। ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै एक वर्षको जाडोका लागि वर्ल्डलिंकले तात्तातो हिटरनेट अफर ल्याएको हो।

तात्तातो अफर अन्तर्गत १७५०० रुपैयाँमा ४० एमबिपीएसका सम्पूर्ण वार्षिक ग्राहकहरुका लागि सिजी ब्राण्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा निशुल्क प्रदान गर्नेछ।यस अफरमा ग्राहकहरुले रु१०४९० (कुल शुल्कको ३७ प्रतिशत बराबरको ब्लोअर हिटर र नेटटिभीको सुविधा निशुल्क प्राप्त गर्नेछन् ।  

यो अफर वर्ल्डलिंकका नयाँ तथा पुराना सबै ग्राहकहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ। यो अफर सिमित अवधिका लागि वर्ल्डलिंकको देशभरका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्