कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिमा आरजु राणा सहित २७ जना मनोनित

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : ५१


सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन्।


प्रतिक्रिया दिनुहोस्