नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिव नियुक्त

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : २४


काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएको छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिमण्डल बैठकले सो निर्णय गरेको हो।

हालका विदेश सचिव हर्षवर्धन श्रृंगलाले अवकास पाएपछि भारतको मन्त्रिपरिषद् बैठकले आज क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको हो।

श्रृंगला यही अप्रिल ३० मा अवकास हुँदैछन्। नयाँ विदेश सचिवमा नियुक्त क्वात्रा हाल नेपालका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन्। उनी २०७६ फागुन २२ देखि नेपाली राजदूतका रुपमा कार्यरत छन्।

भारतले नेपालका लागि नयाँ राजदूतको नाम प्रस्ताव गरिसकेको छैन । क्वात्राको विदेश सचिवको कार्यकाल अप्रिल ३० देखि नै प्रारम्भ हुनेछ।


प्रतिक्रिया दिनुहोस्