४१० जनाको विभत्स शव भेटिएपछि जेलेन्स्की पुगे बुचा क्षेत्र, विश्वभर रुसी नरसंहारको निन्दा

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : २५


काठमाडौं। युक्रेनको बुचा सहरमा हालसम्म ४ सय भन्दा बढी सर्वसाधारणको शव भेटिएको युक्रेन सरकारले जनाएको छ।

पछिल्लो समय रुसी र युक्रेनी अधिकारीबीचको शान्तिवार्तामा रुसले आक्रमण कम गर्ने वाचा गरेको थियो। यतिबेला रुसी सेना राजधानी किभबाट फिर्ता गइरहँदा सयौं सर्वसाधारणको शव भेटिरहेको छ।

अधिकाँश सर्वसाधारणको हाँत बाँधिएको र टाउकोमा गोली लागेको पाइएको छ। हालसम्म ४१० को शव भेटिएको जनाइएको छ।

मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए। हालको घटनालाई नरसंहारको संज्ञा दिइएको छ।

रुसले गरेको यस युद्ध अपराधको विश्वभरबाट विरोध भइरहेको छ। यतिबेला बुचा क्षेत्रमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पुगेको बीबीसीले जनाएको छ। उनले पीडितका परिवार भेटिरहेका छन्।

तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ। रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ।

This is genocide,' Zelensky says of Russia attack on Ukraine


प्रतिक्रिया दिनुहोस्