काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ग्य्रामी अवार्डलाई सम्बोधन गरेका छन्।
ग्य्रामी अवार्ड विश्वकै सबैभन्दा ठूलो सांगीतिक पुरस्कार कार्यक्रम हो। आइतबार राति सो कार्यक्रममा जेलेन्स्कीले भावुक हुँदै आफ्ना भनाइ राखेका थिए।
उनका अनुसार युक्रेनका संगीतकारहरु बाध्य भएर अहिले युद्ध मैदानमा बन्दुक बोकिरहेका छन्। उनले भनेका छन्,‘हाम्रा संगीतकारले टक्सिडो लगाएका छैनन् उनीहरु सैन्य भेस्ट र हेल्मेट लगाइरहेका छन्।’
उनका अनुसार केही संगीतकार बन्दुक बोकेर युद्धमा होमिएका छन् भने केहीले घाइतेहरुलाई अस्पतालमा गीत गाएर मन शान्त बनाउने काम गरिरहेका छन्।
उनले विश्वभरका संगीतकारलाई जसरी सकिन्छ त्यसरी युक्रेनको सहयोग गर्न र रुसको विरोध गर्न आह्वान पनि गरेका छन्। बीबीसी