काठमाडौं। बिबाह गर्ने प्रलोभन देखाएर एक महिलाबाट ४२ लाख ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन्।
रामेछाप साँघुटारका ५२ वर्षका लोक बहादुर श्रेष्ठलाई काठमाडौंबाट प्रहरीले गिरफ्तार गरेको हो। हाल उनी धापासी बस्दै आएका थिए।
उनले पीडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आईएमई तथा सिटिएक्सप्रेसमार्फत पटक–पटक गरेर ४२ लाख ३४ हजार असुलेका थिए।
तर विवाह भने नगरेपछि पीडितले उनीविरुद्ध उजुरी दिएकी हुन्। सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई आइतबार काठमाण्डौंको बिशाल नगरबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाण्डौ पठाईएको छ।
ती व्यक्तिले आफूलाई नबिन भनेर चिनाउने गर्दथे।