इलाम । स्थानीय युवकलाई कुटपिट गरेको आरोपमा गाउँपालिकाकी उपाध्यक्ष पक्राउ परेकी छन्।
इलाम फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा उपाध्यक्ष राईले गत चैत १८ गते सोही गाउँपालिका वडा नम्बर-१ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको आरोप छ।
गत १८ गते भएको वार्तापछि गाउँपालिका उपाध्यक्ष राईले असन्तुष्टमध्येका खड्कालाई कुटपिट गरेको पीडितले बताएका छन्।