कोरोना भाइरसका कारण ब्रिटिस एअरवेज र इजिजेटको सयौं उडान प्रभावित

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ०४


काठमाडौं। कोरोना भाइरसको प्रकोपका कारण फेरि एकपटक ब्रिटिस एअरवेज र इजिजेटको सयौं उडान प्रभावित भएका छन्।

द गार्जियनका अनुसार एअरलाइन्सका कर्मचारीहरुमा कोरोना देखिएपछि सयौं उडान प्रभावित भएका हुन्।

गत शुक्रबारदेखि इजिजेटको २ सय २२ उडान रद्द भएको जनाइएको छ। पाइलट तथा अन्य चालक दलका सदस्यहरुमा कोरोना देखिएको जनाइएको छ।

उता ब्रिटिस एअरवेजको भने केहीदिनको अन्तरालमै एक सय उडान रद्द भएका छन्। हाल बेलायतमा दैनिक ८४ हजार कोरोना संक्रमित बनिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्