बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयोः राप्रपा प्रवक्ता शाही

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : ३७


भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै शाहीले शान्ति भूमिमा पनि यस्तो भएकोले राष्ट्रघातीलाई कहिले नस्वीकार्ने बताउँदै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र यही देशमा रोजगारीको रहेको बताए।

विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए।

‘राजा हुँदा देशमा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलेकोले अब जनता न्याय माग्न कहा जाने उनले प्रश्न गरे।

तीन वर्षमा एक अर्ब ८ करोड बजेट सिद्धार्थनगर आएको र ५० करोड आठ लाख बेरुजु भएको जसमध्ये १७ करोड मोजमस्तीमा खर्च भएको सुनाउँदै प्रवक्ता शाहीले यसको हिसाब जनताले लिनुपर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस्