चीनको विश्वास पात्र क्यारी लाम दोस्रोपटक हङकङको कार्यकारी प्रमुख नबन्ने

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : ३०


काठमाडौं। हङकङकी कार्यकारी प्रमुख क्यारी लाम दोस्रोपटक सो क्षेत्रको प्रमुख नबन्ने भएकी छिन्।

६४ वर्षकी लाम आफैंले उक्त घोषणा गरेकी हुन्। उनका अनुसार अब उनी पारिवारिक काममै व्यस्त हुनेछिन्।

चीनको विश्वास पात्र रहेकी लाम सन् २०१७ मा हङकङको प्रमुख बनेकी थिइन्।

सन् २०१९ मा हङकङमा ७ महिना लामो आन्दोलन चलेको थियो। सो आन्दोलन चिनियाँ प्रभाव कम गर्नलाई थियो। यद्यपी त्यसयता चिनियाँ प्रभाव बढेको गएको छ।

सुपुर्दगी विधेयक संसदमा पेश हुँदा त्यहाँका जनताले देशभर विरोध थालेका थिए। विधेयकअनुसार हङकङका कैदीलाई बेइजिङ लाने प्रावधान थियो।

तर हङकङ सरकारले आन्दोलनलाई दबाउने प्रयास गरिरह्यो। यतिबेला हङकङमा चीनको पूर्ण नियन्त्रण छ। हङकङमा अहिले चिनियाँ झन्डा, राष्ट्रिय गीत र भाषाको मजाक उडाउन पाइँदैन।

साथै निर्वाचनमा पनि राष्ट्रवादी व्यक्तिलाई मात्र उम्मेदवार बनाइन्छ। सन् १९९७ मा बेलायतले हङकङ हस्तान्तरण गर्दा ५० वर्ष सो क्षेत्रलाई स्वतन्त्र छाड्नुपर्ने बताएको थियो।

तर ५० वर्ष नपुगी त्यहाँ चीन हाबी भएको हो। बीबीसी


प्रतिक्रिया दिनुहोस्