युक्रेनमा सम्भावित ‘नरसंहार’को सङ्केतः स्पेनी प्रधानमन्त्री

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ३०


म्याड्रिड । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ूनरसंहारू को सङ्केत देखिएको बताएका छन।

रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ।

‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ..’ उनले भने।


प्रतिक्रिया दिनुहोस्