युवामाझ लोकप्रिय गायक सुशान्त र अभिनेत्री आना शर्मा प्रेममा…

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : २०


काठमाडौं। नेपाली युवामाझ निकै लोकप्रिय रहेका गायक सुशान्त केसी र अभिनेत्री आना शर्मा प्रेममा परेका छन्।

आना यसअघि सोनम शेर्पासँगको प्रेम सम्बन्धमा थिइन्। ब्रेकअप भएपछि केही समय सिंगल रहेकी आना गायक सुशान्तसँगको अफेयरमा परेकी हुन्।

यी दुवैले केही महिनादेखि डेट गरिरहेका छन्। सामाजिक संजालमा आना र सुशान्तले भिडिओ र तस्बिरहरु सेयर गरेका छन् जहाँ उनीहरु रमाइरहेको देख्न सकिन्छ।

सन् २०२२ को न्यु इयर सेलिब्रेसन गर्न आना र सुशान्त मुस्ताङ पुगेका थिए। उनीहरुले रिलेसनसिपलाई गुपचुप राखेका थिए यद्यपी अहिले पोखरामा रहेको उनीहरुले आफ्नो सम्बन्धलाई खुला राखेका छन्।

पोखरामा सुशान्तको सांगीतिक कार्यक्रममा आना रमाइरहेको भिडिओ र फोटोहरु सार्वजनिक भएका छन्। हालै मात्र सुशान्तको एक गीतमा आनाले मोडलको भूमिका पनि निर्वाह गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्