छोरा जन्मिएको खुशीमा फर्किदै गर्दा बाटोमै एम्बुलेन्स दुर्घटना, नवजात शिशुसहित दुईको मृत्यु

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ३ : २८


दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ । 

नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा१झ १६१ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना८ख ५४३२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। 

दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शिशुको घटनास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले दुर्घटनामा दाङको दङ्गीशरण नगरपालिका–५ का ३६ वर्षीय तीलकराम खड्का र उहाँकी ३ दिनकी सुत्केरी पत्नी २४ वर्षीया मालती खड्का घाइते हुनुभएको छ। घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्