काठमाडौं। भारतकी चर्चित हाँस्य कलाकार भारती सिंहले छोरालाई जन्म दिएकी छिन्।
उनका श्रीमान हर्ष लिम्बाचियाका अनुसार उनीहरुको छोरा जन्मिएको छ।।
हर्षले यस क्रममा भारतीसँगको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो छोरा जन्मिएको छ।’
सन् २०१७ मा भारतीको लेखक रहेका हर्ष लिम्बाचियासँग विवाह भएको थियो।
श्रीमानभन्दा ७ वर्ष जेठी भारती र हर्षबीच सात वर्षसम्म प्रेम थियो। त्यसपछि उनीहरुले विवाह गरे।