काठमाडौं। जर्मनीले युक्रेनलाई १०० मार्डर इन्फन्ट्री फाइटिंग भेकल उपलब्ध गराउने युक्रेनको अनुरोधलाई अस्वीकार गरेको छ।
युक्रेनले रुसी सेनाविरुद्ध लड्न हतियाहरु जर्मनीसँग मागेको थियो।
गत बुधबार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले जर्मन रक्षा मन्त्रालयलाई १०० मार्डर सैन्य सवारी साधन र अन्य भारी हतियारहरूको लागि पत्र पठाएको थियो।
त्यस्ता सवारीमा मेसिन गन, तोप हान्ने क्षमता भएको बताइन्छ।
जर्मन रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचले रेज्निकोभसँगको फोन वार्तामा उक्त अनुरोध अस्वीकार गरेका हुन्। रासस