एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अग्रवाल

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : १८


काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाल चयन भएका छन् । सञ्चालक समितिको बैंठकले तुलसीराम अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बैंकले २४ औं वार्षिक साधारण सभा २० गते आइतबार सम्पन्न गरेको थियो । त्यसको पहिलो बैठकले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।

बैंकले ६ जना सञ्चालक सदस्य निर्विरोध निर्वाचितसमेत गरेको छ । जसमा संस्थापक शेयरधनीबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई रहेका छन् । सर्वसाधारण शेयरधनीबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल रहेका छन् ।

बैंकले आर्थिक वर्ष ०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, ०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण, वार्षिक विवरणमा छलफल गरी स्वीकृत गरेको छ । साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्