काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज सोमबार नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।
नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २–० ले क्लिन स्विप गरेको थियो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
पीएनजी नेपाललाई पन्छाउँदै टी–ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।