विमानस्थलमा प्रधानमन्त्री देउवाको स्वागत (तस्बिरहरु)

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ३७


प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए।

भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए।

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ।


प्रतिक्रिया दिनुहोस्