व्यथा लागेर छटपटाइरहेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १२ : ५५


जाजरकोट । शुक्रबारदेखि  व्यथा लागे पनि सुत्केरी हुन नसक्दा नलगाड नगरपालिका–६ की २४ वर्षीया माया विकको हेलिकप्टरबाट उद्धार गरिएको छ। 

उनको उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उहाँको उद्धार गरिएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस्