चुनावमा लागेको ऋण तिर्न मलेसिया गएका कांग्रेस नेता रातो बाकसमा फर्किए

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १२ : ३९


बझाङ । चुनावमा लागेको ऋण तिर्न मलेसिया गएका कांग्रेस नेता रमेशबहादुर बोहरा रातो बाकसमा फर्किएका छन्। मलेसियामा मृत्यु भएका उनको शुक्रबार अन्तिम दाहासंस्कार गरिएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छविसपाथिभेरा गाँउपालिका वडा नम्बर ७ का बोहराको शुक्रबार अन्तिम दाहसंस्कार गरिएको हो। अन्तिम दाहासंस्कार गर्ने बेला नेपाली कांग्रेस बझाङले रमेशबहादुर बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइएको थियो।

आठ वर्षीय छोरा अंकितले बुवालाई दागबत्ती दिएका छन्। छोराछोरीको पढाइ खर्च, चुनावमा लागेको खर्च, गाँउघरमा आफूले काम गर्दा लागेको ऋण तिर्न  वैदेशिक रोजगारीका लागि बोहरा मलेसिया गएका थिए।

मलेसियामा रहेका बोहोरा मंसिर १३ गते सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए। शुक्रबार छविसपाथिभेरा गाँउपालिकाको खोरीगाड दोभानमा उनको दाहसंस्कार गरिएको हो। बोहराको मृत्यु कसरी भयो भन्ने थाहा हुन सकेको छैन्। बोहराको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताइएको छ। बोहरा गाउँपालिकाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार बनेका बोहरा चुनावमा १०२ मतले पराजित भएका थिए । 

निर्वाचनमा प्रतिस्पर्धा गर्न ऋण लागेपछि बोहरा ऋण तिर्नकै लागि मलेसिया गएको उनका भाई बसन्त बोहराले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्