लक्ष्मी केयर्सको साइकल र्याली सम्पन्न

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ५८


काठमाडौँ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले साइकल र्याली सम्पन्न गरेको छ।

उक्त सस्थाले “अरेन्ज लभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल र्यालीको १२औं संस्करण गरेको हो।

उक्त कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको बैंकले जानकारी दिएको छ।

आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागिता रहेको थियो।

लक्ष्मी केयर्सले बागमति पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान र देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ।


प्रतिक्रिया दिनुहोस्