काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकलाई होटल सेन्ट्रल प्लाजामा छुट हुने भएको छ।
कोहलपुरस्थित पाँच तारे होटल विभिन्न सुविधामा बैंकका ग्राहकलाई १५ प्रतिशत छूट दिने सम्झैता भएको हो।
सम्झौता बैंक तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी र होटल तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेश कुमार पाठकले हस्ताक्षर गरेका छन्।
बैंकको हाल देशभर ११४ शाखा, १ एक्सटेन्सन काउन्टर र ६३ एटिएक रहेको छ ।