सल्यानमा एम्बुलेन्स दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ४३


काठमाडाैं । नेपालगञ्जबाट सल्यान जाँदै गरेको छत्रेश्वरी गाउँपालिकाको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा एम्बुलेन्स चालकसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा एम्बुलेन्स चालक छत्रेश्वरी –२ दहगाउँका अन्दाजी २८ वषीर्य चित्र बहादुर सुनार र दाङ दंगिशरण गाउँपालिका–५ का तिलकराम खड्का र उनकी पत्नी मालती खड्काको नवजात शिशु रहेका छन् ।

गम्भिर घाइते  सुत्केरी महिला र उनका श्रीमानकाे भने नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरीक्षक राम बहादुर कार्कीले बताउनुभयाे ।


प्रतिक्रिया दिनुहोस्