सीमा विवादबारे प्रधानमन्त्री देउवाले मोदीसँग राखे यस्तो प्रस्ताव

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ४४


काठमाडौँ । नेपाल र भारतबीच आपसी समझदारीमा सिमा विवाद समाधान गर्ने सहमति भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न मुद्धामा कुरा गर्दा सिमा विवादको बिषय पनि राखेका हुन।

सीमा विवादको विषयलाई राजनीतिकरण नगर्ने र दुवै देशको आपसी सहमतिमा समाधान गर्ने दुवै देशका प्रधानमन्त्रीबीच सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाका अनुसार प्रधानमन्त्रीद्धयबीचको भेटवार्तामा सीमा विवादको विषय उठेको थियो।

भारतीय प्रधानमन्त्री मोदीसँग देउवाले दुईपक्षिय संयन्त्र बनाएर दुवै देशको सिमा विवाद समाधान गर्नुपर्ने प्रस्ताव राखेका थिए।

वार्ताका क्रममा ठोस सहमति नभएपनि दुवै पक्षबीच घनिष्ट सम्बन्धलाई ध्यानमा राखेर विवाद समाधान गर्नुपर्छ भन्ने साझा समझदारी भएको परराष्ट्र सचिव शृंगलाले बताए।

उनले भने, ‘पूर्वमा बंगलादेशसँगको भूमि र सामुद्रिक सीमाको समस्या वार्ताबाट समाधान भएको छ। नेपालसँग पनि संयन्त्र छ, वार्ता अगाडि बढाउन सकिन्छ।’

खुल्ला सिमानाको दुरुप्रयोग हुन नदिने

प्रधानमन्त्री देउवा र मोदीले संयुक्त बयान मार्फत दुवै देशले खुल्ला सिमानालाई दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

रक्षा र सुरक्षा निकायबीच सहयोग बढाउने बिषयमा समेत सहमति भएको छ।

 


प्रतिक्रिया दिनुहोस्