भारतको भव्य स्वागतले प्रधानमन्त्री प्रभावित हुनुभयोः आरजु राणा

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : ३७


काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले भारतको स्वागतबाट प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित रहेको बताएकी छन्।

प्रधानमन्त्री देउवासँगै भारत भ्रमणमा रहेकी आरजुले एएनआईसँग कुरा गर्दै दुई देशबीच प्रगाढ सम्बन्ध रहेको बताइन्।

नयाँ दिल्लीबाट बनारस आइपुगेकी फस्ट लेडी आरजुले प्रधानमन्त्री देउवासँगै आइतबार विश्वनाथको दर्शन गरेकी छन्।

सो क्रममा उनले भारतप्रति नेपालीहरुको ठूलो सद्‍भाव रहेको बताइन्।


प्रतिक्रिया दिनुहोस्