काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली नोट सहित धादिङ रुभिभ्याली गाउँपालिका५ घर भएका २४ वर्षीय काजी तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडीरहेका तामाङलाई जाँच गर्ने क्रममा उक्त नक्कली रुपैयाँ फेला पारी पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।