बुटवल । प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गर्ने उद्घोष गर्नुभएको छ । कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलामा सभापति देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताउँदै अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ ।’ हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल हुन कांग्रेसको लागि ठूलो सफलता भएको बताउँदै भन्नुभयो, ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो ।’
सभापति देउवाले कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उल्लेख गर्नुभयो ।