रुपन्देही । आफ्नै बुवा ७० वर्षीय राम नारायण यादव र आमा ६५ वर्षीया ठगन्ना यादवलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा ओमसतिया गाउँपालिका-४ सानो बालापुर बस्ने ३० वर्षीय गोरख यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको कारण गोरखले खुर्पा प्रहार गर्दा बुवा राम नारायणको घटनास्थलमै मृत्यु भएको तथा गम्भीर घाइते भएकी आमा ठगन्नाको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै खुर्पा प्रहारबाट घाइते भएका उनकै दाजु ५० वर्षीय जोगेन्द्र यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।