‘एउटा फिल्म नचल्दैमा करिअर डुब्दैन’

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : १२


काठमाडौँ । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी एक फिल्म फ्लप हुने वितिक्कै कुनै कलाकारको करियर नसकिने बताएका छन । अहिले बलिउडमा ठूलो स्टार्सको समय हातबाट उम्केको चर्चा सुरु हुन थालेको छ । अब युवा एक्टरको समय आएको बताउन थालिएको छ । तर, अभिनेता नवाजुद्दीन सिद्दीकी एक फिल्म फ्लप हुने वितिक्कै कुनै कलाकारको करियर नसकिने बताउँछन् । उनी फिल्मको असफलताको दोषी अभिनेतालाई मात्र मान्नु सही नहुने तर्क राख्छन् ।

उनी भन्छन्, ‘फिल्ममा परिवर्तनको समय सुरु भइसकेको छ । यसको क्रेडिट शेखर कपूर, अनुराग कश्यप र राम गोपाल वर्मा जस्ता मेकर्सलाई जान्छ । अहिले केही एक्टर्स भनिरहेका छन् कि, परिवर्तन उनीहरुको कारण भएको हो । तर, यो सही होइन ।’ फिल्म इन्डस्ट्रीमा भइरहेको परिवर्तन अरुले नभएर फिल्ममेकर्सका कारण भएको नवाजुद्दीनको भनाइ छ । नवाज भन्छन्, ‘कन्टेन्टमा चल्ने फिल्मले आकार लिँदैछ । मलाई लाग्छ कि जुन परिवर्तन तपाईंहरु देख्दै हुनुहुन्छ यो भर्खर-भर्खर भएको होइन ।

उनी अगाडि थप्छन्, फिल्ममा कुनै ठूलो परिवर्तन भइसकेको छैन । तर, यो एक सुरुवात भने हो ।’ गत वर्ष शाहरुख खान, सलमान खान र आमिर खानका लागि सुखद रहेन । शाहरुखको ‘जिरो’ डिजास्टर साबित भयो । आमिरको ‘ठग्स अफ हिन्दोस्तान’ ले पनि हावा खायो । सलमानको ‘भारत’ बक्सअफिसमा असफल नभए पनि दर्शक र समीक्षकले रुचाएनन् ।


प्रतिक्रिया दिनुहोस्