रिचा शर्माले दिपेक्ष्य राणासँग लगनगाँठो कसिन

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १० : १८


काठमाडौं । अभिनेत्री रिचा शर्माले रियल लाएइफमै लगनगाँठो कसेकी छिन् । रिचाले प्रेमी दिपेक्ष्य राणासँग आज विवाह गरेककी हुन् । दिपेक्ष्य अमेरिका तथा सिंगापुरमा अध्ययन गरी नेपाल फर्किएका व्यवसायी हुन् । उनी काठमाडौंका स्थानीय समेत हुन् ।

आफ्नो विवाहलाई लिएर रिचा निकै उत्साहित थिइन् । उनले केही समय अघि पोखरामा आफ्ना नजिकका साथीहरुलाई ब्याचरल पार्टी समेत दिएक थिइन् । केही दिन अघि उनले सामाजिक सञ्जालमार्फत विवाहको निमन्त्रणा कार्ड समेत सार्वजनिक गरेकी थिइन् । परिवारको सममतिमै रिचाले विवाह गरेकी हुन्। उनी विगत लामो समयदेखि दिपेक्ष्य राणासँगको प्रेम सम्बन्धमा थिइन् । निजी मामिलालाई उनले सञ्चारमाध्यममा भने खासै स्थान दिइनन् ।

गुपचुपमै प्रेमसम्बन्धमा रहेकी रिचाले पछि आएर मात्र आफ्नो प्रेम सम्बन्ध र विवाहबारे मुख खोलेकी थिइन् । लामो समय कलाकारितामा लागेकी रिचाले कलाकारिताबाट मात्रै भविष्य सुरक्षित नदेखेपछि पछिल्लो समय व्यवसायमा समेत हात हालेकी छिन् ।

त्यसो त अचेल प्राय हरेक कलाकारले कलाकारिताको अलावा साइड विजनेश गर्दै आएका छन् । रिचाले पाङ्ग्रा रेस्टुरेन्ट सत्तचालन गरेकी छिन् । व्यवसायमा समेत आवद्ध रहेकी रिचाले आफ्नो जीवनसाथी समेत व्यवसाय क्षेत्रकै रोजेकी हुन् ।


प्रतिक्रिया दिनुहोस्