रुस–युक्रेन द्वन्द्वः यी रुष्ट महिला पुटिनसँग सिंगल–सिंगल भिड्न चाहन्छिन्!

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ०७


काठमाडौं। रुसले युक्रेनमा आक्रमण गरेको एक महिनाभन्दा बढी भएको छ। रुसी आक्रमणबाट युक्रेनका अनगिन्ती पूर्वाधार ध्वस्त भएका छन्।

युक्रेनलाई अरबौं अमेरिकी डलरको क्षति भइसकेको छ। यसबीचमा अमेरिकाकी एक रिङ गर्लले आफूलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनदेखि ज्यादै रिस उठेको उल्लेख गरेकी छिन्।

ओर्लान्डो, फ्लोरिडाकी जेसिली एरियानाले अनावश्यक रुपमा युद्ध गर्ने पुटिनसँग बक्सिङ रिङ भित्र आफू भिड्न इच्छुक भएको भन्दै चुनौती पनि दिएकी छिन्।

रुसी राष्ट्रपति पुटिन तेक्वान्दोका ब्ल्याक बेल्ट हुन् यद्यपी आफूले पुटिनलाई मुक्का हान्ने उनको भनाइ छ। मार्का

Vladimir Putin called out for "aggressive" fight by boxing ring girl


प्रतिक्रिया दिनुहोस्