१३ औँ साग : अभिषेकले फर्काए माल्दिभ्सविरुद्ध बराबरी गोल

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ५३


काठमाडौँ ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

नेपालका लागि अभिषेक रिजालले माल्दिभ्सविरुद्ध बराबरी गोल फर्काएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा अभिषेकले ४३ मिनेटमा डिबक्सबाट उत्कृष्ट गोल गरेका थिए। 

त्यसअघि माल्दिभ्सका इब्रहाम हुसेनले १९ मिनेटमा अग्रता दिलाएका थिए। पहिलो हाफ सकिदा नेपाल र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेको छ।


प्रतिक्रिया दिनुहोस्