मनै लोभ्याउने ल्वाङ गाउँ (फोटोफिचर)

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ०७


कास्की । पर्यटकीय नगरी पोखराको हरिचोकबाट २० किलोमिटर दुरीमा छ ल्वाङ गाउँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पर्ने ल्वाङ गाउँ हरिचोकबाट हेम्जा, खानेपानी, भेडाबारी, खोरामुख हुँदै पुगिन्छ ।

ल्वाङमा २०६७ सालेदेखि सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । परम्परागत शैलीका घर, गुजुमुज्ज परेको बस्तीले ल्वाङ गाउँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । बस्तीका हरेक घर घरलाई जोड्ने ढुंगा छापिएको सफा चटिक्क परेको गोरेटो छ ।

यहाँका २१ घरधुरीले होमस्टे सञ्चालन गरेका छन् । २५० देखि ३०० जनासम्म पाहुना राख्न सक्ने होमस्टेको क्षमता छ ।

तस्बिरः विनोद ढुंगाना/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्