सर्वोत्तम टिपिएल: उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय विजयी

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ३५


भैरहवा–११ ले १७ दशमलव ५ ओभरमा १ सय ८ रनमा अलआउट भए।

भैरहवाका सोनु तामाङले ३० तथा ओपनर सुशान्त थापाले २५ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन। ज्ञानोदयका जितेन्द्र यादवले ३ तथा प्रतिस जिसीले २ विकेट लिएका थिए। ज्ञानोदयका जितेन्द्र यादव म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए।

कार्यक्रममा समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले राष्ट्र कै नमुना नगरपालिकामा तिलोत्तमा प्रिमियर लिगको चौथो संस्करणमा सञ्चालन हुनु गौरवको विषय भएको बताए।

क्रिकेट खेलमा नेपालको प्रदर्शन बढाउन र राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा प्रतियोगिताको योगदान रहेको भन्दै यसको निरन्तरता जरुरी रहेको बताए।

एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै नगरमा संघ र प्रदेश सरकारको सहयोगमा खेलकुद विकास अघि बढाएको बताए।


प्रतिक्रिया दिनुहोस्