१३ औँ साग : बंगलादेशले दियो १५६ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ११


काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो।

बंगलादेशका लागि कप्तान होसिन सान्तोलले ६० बलमा ७५ रन बनाएर कप्तानी पारी खेले। अफिफ हुसेनले पनि आक्रामक पारी खेल्दै २८ बलमा ५२ रन बनाए।

नेपालका लागि पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए। अभिनास बोहोराले पनि एक विकेट लिए ।

नेपालले अहिले जवाफी ब्याटिङ सुरु गरेको छ। यो खेलमा विजयी भएपछि नेपाल फाइनलमा भिड्नेछ। 


प्रतिक्रिया दिनुहोस्