मलेसियालाई आठ विकेटले पराजित गर्दै पपुवा न्युगिनी ९पिएनजी०ले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको फाइनल खेल्ने सम्भावन जीवित राखेको छ।
शनिबार हुने खेलमा नेपालले मलेसियालाई पराजित गरे पिएनजीले फाइलनमा स्थान बनाउनेछ। नेपाल भने यसअघि नै दुबै खेल जित्दै उपाधि नजिक रहेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १९७ रनको लक्ष्य पिएनजीले १७ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्यो।
पिएनजीको सानदार जितमा टोनी उराले सर्वाधिक ८६ रन बनाए। उनले ३४ बलमा दुई चौका र १० छक्का प्रहार गरे। यस्तै, कप्तान असद भालाले ७४ रन बनाए।
मलेसियाका मुहम्मद वफिक र स्याजरुल इद्रिसले समान एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रनको योगफल तयार गरेको थियो।
मलेसियका सेद अजिजले सर्वाधिक ६४ रन जोड्दा कप्तान अहमेद फैजले ६३ रन बनाएका थिए। यसबाहेक, जुबैदी जुल्किफ्लेले ४६ र विरन्दीप सिंहले १० रन जोडे ।
पिएनजीका काबुअ मोरेआले सर्वाधिक चार विकेट लिँदा रिले हाकुरे र चाड सोपरले समान एक विकेट लिए।
पिएनजीले शृंखलाअन्तर्गत नेपालविरुद्धको दुबै खेल हार्दा मलेसियासँग पहिलो खेलमा पनि पराजित भएको थियो।
यस्तै, पिएजनीलाई पहिलो खेलमा हराएको मलेसिया दोस्रो खेलमा भने नेपालसँग ६ विकेटले पराजित भएको थियो।