काठमाडौं। युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्।
गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्,‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’
रुसले एक महिनाभन्दा बढी समययता युक्रेनमै घुसेर आक्रमण गरिरहेको छ। रुसी आक्रमणबाट युक्रेनलाई खरबौं डलरको क्षति भएको छ।
(भिडिओ)
Ukraine attacked oil depot inside Russia – governor
More: https://t.co/QNeWXTk3Yt pic.twitter.com/LzP6qBN38h
— RT (@RT_com) April 1, 2022
युक्रेनी सेनाले रुसमा घुसेर आक्रमण गरेको यो पहिलोपटक हो। आफ्नो भूमिमा रुसले आक्रमण गरेपछि बाध्य भएर युक्रेनले पनि रुसी भूमिमा आक्रमण गरेको विश्लेषण भइरहेको छ।
यो घटनाको भिडिओ र तस्बिरहरु सार्वजनिक भएका छन्। आक्रमणपछि रुसी तेल डिपो ध्वस्त भएको बताइएको छ।
(तस्बिरः मस्को टाइम्स)