काठमाडौं। अमेरिकाले नरुचाउने चीन र रुसका विदेशमन्त्री एकपछि अर्को गरेर भारत भ्रमणका लागि पुगेका छन्।
केही समय अगाडि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले भारतको भ्रमण गरेका थिए। यतिबेला रुसी विदेशमन्त्री सर्गी लाभरोभ भारत पुगेका हुन्।
भारतले रुसको आलोचना गर्नुपर्छ भन्ने अमेरिकी भनाइकाबीच शुक्रबार लाभरोभ भारत पुगेका हुन्।
रुसले युक्रेनमा आक्रमण गरेयता भारतले रुसको आलोचना गरेको छैन। रुसमाथि पश्चिमा राष्ट्रले कडा आर्थिक प्रतिबन्धहरु लगाएका छन्।
यस्तोमा भारतले रुसको तेल सस्तो मूल्यमा किन्ने अवसर पाएको छ। लाभरोभको भ्रमणमा भारत र रुसबीच तेल व्यापारको विषयमा पनि कुराकानी हुनेछ।
Welcoming the Foreign Minister of the Russian Federation Sergey Lavrov as he arrives in New Delhi for an official visit. pic.twitter.com/eHHCRgF30y
— Arindam Bagchi (@MEAIndia) March 31, 2022
बीबीसीका अनुसार लाभरोभले रुस–युक्रेन द्वन्द्वको समयमा भारतले अडिग निर्णय गरेको भन्दै सो कार्यको प्रशंका गरेका छन्। भारतले रुसको आलोचना गरेको छैन बरु वार्ताबाट समस्याको समाधान खोजिनुपर्ने धारणा राख्दै आएको छ।
यसअघि अमेरिकी सांसदहरुले भारतले रुसबाट नभएर अमेरिकाबाट तेल र हतियार किन्नुपर्ने बताएका थिए। रुसलाई एक्ल्याउने कार्यमा अमेरिका लागि परेको छ।
तर भारतले चुपचाप रुसको समर्थन जनाइरहेको छ। चीन पनि भारतको अडानबाट खुशी छ।