काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक लिाएका छन्।
पुरुषतर्फको प्रतिस्पर्धामा बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।
उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे।
सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए। त्यसपछि बोगटीले नेपालाई स्वर्ण दिलाएका हुन्।