१३ औँ सागः आज १८ खेल हुँदै

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  २ : ४१


काठमाडौँ । १३ औँ सागको सातौँ दिन अर्थात् आज (शनिबार) १८ वटा खेलहरु हुँदैछन्।

काठमाडौँ, पोखरा र जनकपुरमा आज एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्सिङ, भारत्तोलन, फेन्सिङ र एथ्लेटिक्सअन्तर्गत म्याराथन खेल हुँदै छन्।

आज क्रिकेटमा नेपाल र बंगालदेशको यु–२३ टिमबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट प्रतिस्पर्धा हुँदैछ।

त्यस्तै दिउँसो एक बजे त्रिपुरेश्वरस्थित रङ्गशालामा नेपाल र माल्दिभ्सबीच फुटबल खेल हुँदै छ।

नेपाली महिला फुटबल टिम र भारतीय महिला टिमबीच दिउँसो ४ बजे पोखरा रङ्गशालामा खेल हुँदै छ।


प्रतिक्रिया दिनुहोस्