प्रधानमन्त्री देउवाको भारत भ्रमणले ‘जिओपोलिटिक्स’मा ठूलो माने राख्छ: अशोक मेहत्ता

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : ३०


नेपाल-भारत राजनीतिक मामिलाका विज्ञ अशोक मेहताले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण महत्वपूर्ण भएको बताएका छन् ।

उनले न्युज कारखानासँग कुरा गर्दै देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताएका हुन्। ‘कोरोनालगायत विभिन्न कारणले लामो समयदेखि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्न सकिरहेको अवस्था थिएन । तर, पाँच पटक प्रधानमन्त्री हुनुभएको देउवाको भारत भ्रमण महत्वपूर्ण छ’, उनले भने।

उनले भौगोलिक ‘जिओपोलिटिक्स’ र राजनीतिक दृष्टिकोणले समेत देउवाको भारत भ्रमण महत्वपूर्ण हुने दाबी गरेका छन् । दुई देशको आर्थिक सम्वृद्धिमा समेत यो भ्रमण हत्वपूर्ण हुने आफूले बुझेको मेहताले बताए।


प्रतिक्रिया दिनुहोस्