एमसीसी लागू हुन दिदैनौंः विप्लव

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ३ : २७


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालमा लागू हुन नसक्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अब एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने बताए।

‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ।’

विप्लवले देशभक्त र देशघातीबीच ध्रुवीकरण भएको बताए। उनले यो लडाईँमा प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुनुपर्ने धारणा राखे। सामन्तवादलाई गाउँगाउँबाट लखेटनुपर्ने भन्दै नयाँखालको विद्रोह आवश्यक रहेको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस्