रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ताः टर्की

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : ४३


मस्को । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ।

दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ।

‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने।

उनले अगाडि थपे, ‘यो महत्वपूर्ण छ कि दुबै पक्षहरू एकसाथ आउँछन् र स्थायी युद्धविराममा सहमत हुन्छन्।’

सो वार्तामा टर्की मध्यथता गर्न इच्छुक रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्