काठमाडौँ। लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक सम्झौता भएको छ।
उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्सको दायारा विस्तार गर्न सहज बनाउने लक्ष्मी बैंकले बताएको छ।
साथै दुई बैंक बिच मानव संसाधन, प्रविधि र सञ्चालनको क्षेत्रमा ज्ञान आदानप्रदान गर्ने अपेक्षा रहेको छ।
सम्झौतामा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले हस्ताक्षर गरे।