दाङका सबै ठाउँमा बाह्रै महिना पर्यटनका कार्यक्रम

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : ३५


दाङ । जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले दाङका सबै पालिकाहरुमा वर्षैभरि कार्यक्रम गर्ने भएको छ । समितिको शुक्रवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले हरेक महिनामा सन्देशमुलक तरिकाले पालैपालो सबै पालिकाहरुमा कार्यक्रम गर्ने, सन २०२० लाई पर्यटन वर्षका रुपमा भव्यरुपमा सफल बनाउन पर्यटन समितिको कार्यालय जिल्ला समन्वय समिति दाङमा खोल्ने, जिल्लाका सबै पालिकामा पालिकास्तरको समिति गठन गर्ने, जिल्लामा हुने सबै कार्यक्रमहरुलाई पर्यटन वर्षसँग जोडेर लैजानका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । समितिका जीतेन्द्रमान नेपालीको अध्यक्षत्ता एवं प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पर्यटन वर्ष २०२० को भव्य स्वागतका लागि जनवरी १ अर्थात पुस १६ गते भव्य उद्घाटन कार्यक्रम गर्ने, कार्यक्रमलाई व्यवस्थित गर्नका लागि केबि मसाललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ । 

यसैगरी भुवन चौधरी र खलुप्रसाद पुन रहेको साँस्कृतिक व्यवस्थापन उपसमिति, श्रीधर शर्माको संयोजकत्वमा सरसफाई, सविन प्रियासनको संयोजकत्वमा प्रचारप्रसार, तारा देवकोटाको संयोजकत्वमा अतिथि सत्कार, प्रेमकुमार पुनको संयोजकत्वमा मञ्च व्यवस्थापन, रुद्र बहादुर डाँगीको संयोजकत्वमा आबास तथा भोजन, ध्रुवकुमार श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिलाई केही दिनमै बिस्तार गरिनेछ ।
 
पर्यटन वर्षलाई भव्य बनाउनका लागि विभिन्न क्षेत्रको सहभागितामा जीतेन्द्रमान नेपाली संयोजक, श्रीधर शर्मा पौडेल, डा. शिव सुवेदी, केवि मसाल, भुवन चौधरी, खलुप्रसाद पुन, रामगोपाल यादव, जागेश्वर घिमिरे, ध्रुवकुमार श्रेष्ठ, बिरु रावत, रविलाल आचार्य, रुद्रबहादुर डाँगी, हेमन्तप्रसाद पाण्डे, ईश्वर पाण्डे, टेकेन्द्रराज अधिकारी, प्रेमकुमारी पुन, हुमा डिसी, तारा देवकोटा, कुसुम चौधरी, सविन प्रियासन सदस्य र काशीराम गैरे सदस्य सचिव रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । समितिको कामकारवाहीलाई चुस्तदुरुस्त बनाउनका लागि ११ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस्