सपनामा मुस्लिम धर्मको विरोध गरेको भन्दै पाकिस्तामा एक शिक्षिकाको हत्या

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ११ : २२


इस्लामावाद। पाकिस्तानमा सपनामा मुस्लिम धर्मको विरोध गरेको भन्दै एक शिक्षिकाको हत्या भएको छ।

अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जना महिलाले २१ वर्षीया शिक्षिकाको हत्या गरेको बीबीसीहिन्दीले जनाएको छ।

हाल तीन महिलालाई नै प्रहरीले गिरफ्तार गरिसकेको छ। ती महिलाहरुले प्रहरी बयानमा आफ्नी एक आफन्तले सपनामा शिक्षिकाले इशनिन्दा गरेको देखेको बताएका छन्।

रिक्सा चढेर आफ्नो गन्तव्यतर्फ गइरहेकी शिक्षिकालाई ती महिलाहरुले आक्रमण गरेका थिए। घाँटीमा चक्कु हानेपछि उनको रगत बगेर मृत्यु भएको थियो।

पाकिस्तानमा इशनिन्दाको आरोपमा मानिसको हत्या भएको यो पहिलो घटना होइन तर सपनामा इशनिन्दा गरेको भन्दै शिक्षिका मारिएपछि प्रहरीले उनीहरूबीच केही व्यक्तिगत दुस्मनी थियो कि भनेर अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्