काठमाडौं । पौडीमा महिला २ सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले स्वर्ण पदक जितेकि छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले स्वर्ण जितेकि हुन् ।
यो सँगै व्यक्तिगत स्पर्धामा दुई वटा स्वर्ण पदक जित्ने गौरिका पहिलो खेलाडी बनेकि छन् ।
गौरिकाको स्वर्ण सँगै १३औं दक्षिण एसियाली खेलकूद (साग)मा नेपालको स्वर्ण पदक ४१ पुगेको छ ।
यसअघि बिहीबार उनले एकल पौडी अन्तर्गत पहिलो ऐतिहासिक स्वर्ण जितेकी थिइन् ।