काठमाडौं। रुसी गणतन्त्र चेचन्याका मुख्य नेता रमजान काडिरोभ आफ्ना १४ वर्षका छोरासहित रुसको पक्षबाट युद्ध लड्न युक्रेन पुगेका छन्।
युक्रेनी क्षेत्र मारिउपोलमा छोरा अ्याडमसहित उनी युद्ध लडिरहेको डेलीमेलले जनाएको छ। काडिरोभ निरंकुश नेता हुन् र उनीसँग चेचन्याका जनता डराउँछन्।
आत्मनिर्णयको अधिकार भएको रुसी क्षेत्र चेचन्याका प्रमुख काडिरोभ र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच घनिष्ठ सम्बन्ध छ।
४५ वर्षका काडिरोभले आफ्ना १२ सन्तानमध्ये १४ वर्षका एक छोरालाई मात्र युद्धमा ल्याएका छन्।
उनी भन्छन्,‘म छोरालाई युद्धको र जितको असली अनुभव महसुस गराउन चाहन्छु।’
हालै रुस र यक्रुनेबीचको बैठकमा युक्रेनी क्षेत्रहरुमा आक्रमण कम गर्ने विषयमा सम्झौता भएको छ। उनी यस विषयमा असन्तुष्ट छन्। काडिरोभ युक्रेनमा लगातार आक्रमण गर्न चाहन्छन्।