काठमाडौँ । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक कम्पनी मङ्गलम इण्डस्ट्रि प्लस पाइपले नेपाल गुणस्तर चिन्ह पाएको छ।
यसका एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० पाएको हो।
गुणस्तर तथा नापतौल बिभागले दिने चिन्ह गुणस्तरको मानकको रुपमा दिने गर्छ।
उक्त चिन्ह अन्तरराष्ट्रिय मान्यता प्राप्त छ। चिन्ह पाएका उत्पादन गुणस्तरीय र नेपाली बजारमा बिक्रि योग्य मानिन्छन्।
मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाएको मंगलम इण्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले दावी गरेका छन्।