प्रधानसेनापति र गैर–आवसीय बंगलादेशी सैनिक सहचारीबीच भेटवार्ता

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ३२


नेपालका लागि बंगलादेशका गैर–आवसीय सैनिक सहचारी अबुल कलाम आजादले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्।

बुधबार सैनिक मुख्यालय जंगी अड्डा गई उनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन्।

प्रधानसेनापतिको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

‘यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्